भदौ १४ गते आँचल र विवेकको ‘वर एण्ड बधु’ रिलिज हुने

फिल्मी फण्डा । फिल्म ‘वर एण्ड बधु’को भदौको १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले वितरकसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो । 

फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्ममा सुदिप बरालको छायाङ्कन, हिमाल केसीको एक्सन छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech