फिल्मी फण्डा । नायिका स्वस्तिमा खड्काले विद्युतीय कार खरिद गरेकी छिन् । स्वस्तिमाले ‘महिन्द्राको एक्सयुभी ४०० इलेक्ट्रिक कार’ खरिद गरेकी हुन् ।
स्वस्तिमाले किनेको यो कारको मूल्य ५२ लाख ५० हजार पर्छ । स्वस्तिमाले सामाजिक संजालमा पोस्ट गरेको भिडियोमा कार किनेपछि उनका श्रीमान् निश्चल बस्नेत र उनकी सासु आमाले पूजा गरेको देख्न सकिन्छ ।
स्वस्तिमाले केही समय अगाडि रातो रंगको कार पनि खरिद गरेकी थिइन् ।