‘नेपाल आइडल’को विजेता करण परियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दिए बधाई 

फिल्मी फण्डा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बधाई दिएका छन् ।

आइतबार दिउँसो आफ्नै निवास बालकोटमा बोलाएर उनले करणलाई बधाई दिएका हुन् । उनले समय पाएका बेला करणको गायन प्रतिभा सुनेको बताए ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech