अत्यधिक मदिरा सेवन गरी उड्न लागेको प्लेनबाट फर्काइएका राजेशपायल दुबई पुगे

फिल्मी फण्डा। चर्चित गायक राजेशपायल राई दुबई पुगेका छन् । शनिबार आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी शुक्रबार दुबई पुगेका हुन् ।

कार्यक्रमका लागि राई बिहीबार नै दुबई जान प्लेनमा बसेका थिए । उड्नै लागेको जहाजमा अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेका कारण उनलाई फर्काइएको थियो ।

विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई  प्रहरीको जिम्मा लगाइएको थियो । यसअघि पनि उनी मदिरा सेवन गरेर हल्ला गरेको आरोपमा पक्राउ परेका थिए ।

राईको दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा कार्यक्रम रहेको छ । कार्यक्रममा उनले नयाँ तथा पुराना गरेर ३० बढी गीत प्रस्तुत गर्नेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech