दयाहाङ र मिरुणा मगरको फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । असार २८ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । 

फिल्मको निर्देशक अनिल बुढामगरले गरेका हुन् । मगर समुदायको संस्कार तथा संस्कृतिमा आधारित फिल्मबाट विश्वभर छरिएका नेपालीलाई मगर समुदायमा प्रचलित ‘घरज्वाइँ’ प्रथाको बारेमा जान्ने र बुझ्ने अवसर दिने छ । 

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म पूर्वी रुकुम आसपासमा छायांकन भएको हो । निर्देशक अनिलकै कथा रहेको फिल्ममा निर्देशकलाई पटकथा तथा संवाद लेखनमा विनोद खतिवडा र सुभाष कोइराला साथ दिएका छन् । 

फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन खबपु, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech