मापसे गरी झगडा गरेपछि उड्न लागेको जहाजबाट फर्काइए चर्चित गायक राजेशपायल राई

फिल्मी फण्डा । चर्चित गायक राजेशपायल राईलाई उड्नै लागेको जहाजबाट फर्काइएको छ । दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरी एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि उनलाई फर्काइएको बताइएको छ।

एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उनी त्रिभुवन विमानस्थलबाट फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका थिए । विमानभित्र होहल्ला गर्नुका साथै एयरलाइन्सका कर्मचारीसँग झगडा गर्न थालेपछि राईलाई  प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech