अनमोल केसीको ‘जेरीः अन टप’मा देखिने लुक्स सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘जेरीः अन टप’को अनमोल केसीको लुक्स रिलिज भएको छ । 

केही दिन अगाडि फोटोसुट गरेको निर्माणपक्षले सोमबार अनमोलको लुक्स रिलिज गरेको हो । एउटा आँखा चिम्लिएका अनमोल चकलेटी अवतारमा देखिएका छन् । 

सरोज न्यौपाने र दीपक भण्डारीको निर्माणमा तयार हुन लागेको यो फिल्ममा अनमोल केसीको साथमा आँचल शर्मा र जसिता गुरुङ मुख्य भूमिकामा छन् । फिल्मलाई त्रिकोणात्मक कथामा निर्माण गर्न लागिएको हो । 

फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । फिल्मको हाल प्रि–प्रोडक्शनको काम भइरहेको छ । 

फिल्म ‘जेरीः अन टप’को छायांकन साउनबाट गर्ने तयारी यसको निर्माणपक्षको छ । फिल्मलाई लुक्ला, मुस्ताङ, काठमाडौं लगायतका स्थानमा छायांकन गरिनेछ । फिल्मका क्रियटिभ निर्माता रोहित अधिकारी हुन् । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech