‘धिरज र उपासनाको फिल्म खुस्मा’को पोस्टर सार्वजनिक 

फिल्मी फण्डा । असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘खुस्मा’को नयाँ २ पोस्टर रिलिज गरिएको छ । 

एक पोस्टरमा फिल्मका मुख्य दुई कलाकारहरू नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी प्रेममा रमाएका छन् । अर्को पोस्टरमा उपासना केही गम्भीर देखिएकी छिन् । उनको आँखाबाट आशु खसेका छन् । 

यो फिल्मले मगर समुदायको प्रेमकथालाई पेस गर्छ । एम मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा माओत्से गुरुङ, सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतका कलाकारको अभिनय छ । 

वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी यो फिल्मका निर्माता हुन् । दीपक बज्राचार्यको छायांकन रहेको यो फिल्ममा एसडी योगी र छान्जु पार्कको संगीत छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech