नेपाल आइडल सिजन-५ को विजेता बने करण परियार

फिल्मी फण्डा । करण परियार नेपाल आइडल सिजन ५ को   विजेता बनेका छन । नेपाल आइडल सिजन ५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।

ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

फर्स्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए । फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ तथा सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech