दयाहाङ र  मिरुना अभिनीत ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक

फिल्मी फण्डा । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक गरेको छ । एसडी योगीको सङ्गीत रहेको गीतमा राम अविरल बिस्टको शब्द तथा सङ्गीतकार योगीको स्वर रहेको छ । 

प्रेमिल शैलीको यो गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो । 


अनिल बुढामगरले निर्देशन गरेको फिल्म असार २८ गते रिलिज हुँदै छ। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । 

फिल्ममा दयाहाङ र मिरुनाको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन खबपु, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

एसडी योगी, राम अविरल विष्ट, हर्क साउदको गीत र मनोज थापाको सङ्गीत रहेको फिल्मलाई एमएसएमले अस्ट्रेलिया र आरआर फिल्मसले नेपाल वितरण गर्दै छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech