नयाँ फिल्म ‘जेरीः अन टप’को वर्कसपमा अभिनय निखार्दै अनमोल

फिल्मी फण्डा। अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘जेरीः अन टप’को काम सुरु गरेका छन् । फिल्म ‘फर्की फर्की’को जापान प्रिमिएरबाट हालै फर्किएका उनले ‘जेरीः अन टप’को वर्कसप सुरु गरेका हुन् ।

साउन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको केसीसँगै अभिनेत्री आँचल शर्मा पनि वर्कसपमा जुटेकी छन् । फिल्ममा केसी र शर्माले पहिलो पटक सहकार्य गर्दै छन् । 

केसी र शर्माको अलावा आना शर्माको पनि मुख्य भूमिका रहने फिल्म सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । फिल्मको निर्देशक सुयोग गुरुङले गर्दै छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech