‘दिपकदिपाको फिल्म छक्कापञ्जा ३’ बन्यो युट्युबमा धेरै हेरिने नेपाली फिल्म

फिल्मी फण्डा ।  ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ । बुधबार अपरान्हसम्म यसलाई ३ करोड ५१ लाख पटक हेरिएको छ । दीपाश्री निरौला निर्देशित यो फिल्ममा दीपकराज गिरी र दीपिका प्रसाईंको शीर्ष भूमिका छ । 

युट्युबमा धेरै हेरिने नेपाली फिल्मको रेकर्ड राखेपछि अभिनेता तथा फिल्म लेखक दीपकराज गिरीले सानासाना कुराले नै काम गर्न जाँगर दिने भन्दै खुसी व्यक्त गरेका छन् ।

यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ । काभ्रेको विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा दीपक र वर्षा सिवाकोटीको शीर्ष भूमिका छ । पाँचौं श्रृंखलाको रिलिज दशैं छेको अर्थात् २४ असोजमा गर्ने तयारी छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech