फिल्मी फण्डा । अल्लु अर्जुन स्टारर तेलुगू फिल्म ‘पुष्पाः द रुल’ को नयाँ रिलिज मिति घोषणा भएको छ डिसेम्बर ६ ।
‘पुष्पा’ निर्माताले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै फिल्मको नयाँ रिलिज मिति घोषणा गरेका हुन् । यससँगै उनले फिल्म स्थगित गर्नुको कारण पनि सेयर गरेका छन् । फिल्मले गुणस्तरमा कुनै सम्झौता नगरी उत्कृष्ट सिनेमाको अनुभव दिन चाहेको उनले बताएका छन् । ‘यो सुनिश्चित गर्नका लागि फिल्म पूरा गर्न थप समय चाहिन्छ,’ उनले लेखेका छन् ।
‘पुष्पा २’ निर्माण घोषणा गरेदेखि नै चर्चामा छ । पुष्पा २ को लोकप्रियताले यस्तो उचाइ छोएको छ कि यसका गीत र टिजरले १० करोड भन्दा बढी भ्युज गरेका छन् ।
सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिलको मुख्य भूमिका छ ।