फिल्मी फण्डा । निर्देशक तथा लेखक सुलक्षण भारतीले फिल्म ‘बोक्सीको घर’ निर्माण युनिटले आफूलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै फिल्म आफ्नो कृति भएको समेत जनाएका छन् ।
उनले घुमाउरो पारामा लेखेको आक्रोश फिल्मकी निर्मात्री केकी अधिकारीप्रति लक्षित छ । आफू प्राथमिकता नपर्नु भनेको बौद्धिक चोरी भएको उनको भनाई छ । ‘मलाइ जुन माया दर्शकहरूले दिनुभयो । त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाईंहरुको मायाले आज चलचित्र ‘बोक्सीको घर’ ले ५१ औँ दिन मनाउन सफल भएको छ’, उनले अगाडि भनेका छन्– ‘बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? ।’
उनले ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र भनेर प्रश्न समेत गरेका छन् ।
https://www.facebook.com/Mr.Sulakshyan/posts/pfbid0C2h35pnzb4thLrPomNiizqrKVFvrCrGfvwWAXLZ7cMSfGsQ46EPE7o72bLE8fgR4l