राजु गिरीको फिल्म ‘ईश्वर’ को  ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । युवायुवतीको  प्रेममा उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई फिल्मले उठान गरेको बुझ्न सकिन्छ ।

ट्रेलरमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङलगायतले स्थान पाएका छन् । 

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माण छ । फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईँ, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रवीन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ । फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी छन् ।

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको वितरणको आरआर फिल्मसले गर्दैछ । फिल्म साउन ११ मा रिलिज हुँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech