राजु गिरीको नयाँ फिल्म ‘डल्लेले इन्ट्री  मार्‍यो’मा जितु नेपाल 

फिल्मी फण्डा । राजु गिरीको नयाँ फिल्म ‘डल्लेले इन्ट्री  मार्‍यो’मा कलाकार जितु नेपाल मुख्य भुमिकामा देखिने भएका छन ।  भदौ अन्तिमबाट फ्लोरमा जाने फिल्मको केहि समय अघि एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो ।

जितु नेपालको मुख्य भुमिका रहने पक्का भएपनि लिखित सम्झौता भई नसकेको निर्माण पक्षले बताएको छ । जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन ।


बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन ।

निर्देशक गिरीको नयाँ फिल्म ‘ईश्वर’ यहि साउन ११ गतेबाट प्रदर्शनमा आउदै छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech