फिल्मी फण्डा। लक्ष्मण सुवेदी निर्देशित नारीप्रधान फिल्म ‘सतीदेवी’को टिजर सार्वजनिक भएको छ । मलिका महतको शीर्ष भूमिका रहेको फिल्मको टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण झल्काएको छ । फिल्मले छोराको आशामा छोरी जन्माउने र समाजले छोरीलाई हेलाको सिकार बनाउन कथा उठाएको छ ।
फिल्मले दक्षिण एसियाली सौराहा फिल्म फेस्टिभल र सेलिब्रेटी नेपालले आयोजना गरेको ग्रामीण फिल्म फेस्टिभलमा अवार्ड जितेको छ । यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ निर्देशन गरेका सुवेदीको यो तेस्रो फिल्म हो ।
फिल्ममा मलिकाका अलवा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलबहादुर अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । लक्ष्मण सुवेदी फिल्म्सको ब्यानरमा यो फिल्मलाई श्रीदेवी सुवेदी र विशाल सुवेदीले निर्माण गरेका हुन् । फिल्मको पटकथा र गीत पनि सुवेदीकै छ । फिल्मको रिलिज मिति साउन ४ तोकिएको छ ।