फिल्म निर्देशक सुदर्शन थापा रिहा

फिल्मी फण्डा। गत सोमबार पक्राउ परेका निर्देशक सुदर्शन थापा रिहा भएका छन् । बुधबार काठमाडौँ जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको हो ।

थापा फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।

आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech