भुवन केसीले भेटे साउथकी अभिनेत्री साई पल्लवी

फिल्मी फण्डा । चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी र साउथ फिल्मकी अभिनेत्री साई पल्लवी बिच भेटवार्ता भएको छ । 

दुबैको भेट मम्बईमा आयोजित एक अवार्ड समारोहमा भएको हो । भेटको जानकारी भुवनले सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै जानकारी दिएका छन् । 

भेटपछि भुवन र पल्लबीले केही समय मुम्बईको एक रेष्टुरेण्टमा बिताएका थिए । भेटका क्रममा उनीहरुबीच नेपाली फिल्म क्षेत्र र साउथ फिल्म नगरीकाको बिषयमा कुराकानी भएको बताइन्छ । 

साई पल्लवीले नेपाली फिल्म हेर्ने इच्छा समेत राखेको भुवनले बताए । उनी केही महिनापछि नेपाल आउने केसीको भनाइ छ ।

पल्लवीले भुवनसँगको भेटमा नेपालको सौन्दर्यताको चर्चा समेत गरेकी थिइन् । साई पल्लबी साउथकी लोकप्रिय अभिनेत्री हुन् । 
 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech