निर्देशक सुदर्शन थापा पक्राउ परेपछि अन्योलमा पल र पुजाको रामायण

फिल्मी फण्डा । राजधानीको कमलपोखरी क्षेत्रबाट पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । थापा सोमबार फिल्म ‘प्रसाद २’को हरहिसाब मुद्दामा पक्राउ परेका हुन। 

आफूहरूको मन्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ दिएको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरीको आधारमा उनी पक्राउ परेका हुन् ।

उनी विरुद्ध गत साउन १० गते नै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको थियो । सोही समय पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहेका थिए । 

उक्त जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाललाई सोही समय प्रहरी पक्राउ गरेको थियो । अग्रवाललाई दोषी नदेखिएको भन्दै प्रहरीले केही दिनमै रिहा गरेको थियो ।

थापा यस अगाडि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन समयमा पनि पक्राउ परेका थिए ।

 पल शाह नाबालिग बलात्कारमा मुछिँदा उनलाई लुकाएको आरोपमा  पक्राउ परेका थिए । तर, प्रहरीले सोधपुछपछि उनलाई छोडेको थियो ।

थापा पछिल्लो समय फिल्म ‘रावायण’ बनाउँदै छन् । पहिलो चरणको छायाङ्कन सकेर फिल्म दोस्रो चरणको छायाङ्कनमा निस्कने तरखरमा छ ।

थापाले ‘रावायण’ फिल्म विवादमा गत साउनमा अनमोल केसीलाई पक्राउ गराएको आरोप छ । सोही समय उनी विरुद्ध फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ उनी विरुद्ध ठगी  उजुरी दर्ता गराएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech