फिल्मी फण्डा। २६ वर्षीय अमेरिकी युट्युबर जिम्मी डोनाल्डसन उर्फ मिस्टर बिस्ट अब विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युबर बनेका छन् । उनको च्यानल मिस्टर बिस्टको आइतबार २६ करोड ८० लाख सब्सक्राइबर पुगेको हो ।
यससँगै जिम्मीले भारतीय म्युजिक लेबल टी–सिरिजको रेकर्ड तोडेका छन् । टी–सिरिज को युट्युब खातामा २६ करोड ६० लाख सब्सक्राइबर छन्। यस च्यानलका मालिक चलचित्र तथा संगीत निर्माता भूषण कुमार हुन् ।
जिम्मीले आइतबार ट्वीट गर्दै आफ्नो उपलब्धिको जानकारी दिएका छन् । यो सेयर गर्दै उनले ट्वीट गरे–६ वर्षपछि मैले अन्ततः प्वीडीपाईको बदला लिएको छु।
प्वीडीपाई एक स्विडेनी युट्युबर थिए जो एक पटक जिम्मीको पार्टनर थिए। एक समय थियो जब उनले टी(सिरिजको सबैभन्दा धेरै सब्सक्राइब च्यानल भएको रेकर्ड पनि तोडेका थिए।
टी–सिरिजले २०१९ देखि सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानलको रूपमा युट्युबको शासन गरिरहेको थियो तर मिस्टर बिस्ट ले यस वर्षको सुरुमा प्वीडीपाईको बदला लिने वाचा गरेका थिए ।
ुमिस्टर बिस्ट आफ्नो रमाइलो भिडियोहरूका लागि परिचित छन्। मिस्टर बिस्टले बिस्ट फिलान्थ्रोपी नामक एनजीओ पनि खोलेका छन्, जसको माध्यमबाट उनले आफ्नो परिवार, साथीहरू, फ्यानहरू र खाँचोमा परेका मानिसहरूलाई मद्दत गर्छन्।