९ वर्षपछि फिल्म खेल्न नेपाल आए नायक राजवल्लभ कोइराला

फिल्मी फण्डा । अभिनेता राजवल्लभ कोइराला नेपाल आएका छन् । उनी फिल्म ‘एक्टर’ मा अभिनयका लागि आइतबार बिहान स्वदेश आइपुगेका हुन् । 

पहिलो चरणको छायांकन पोखरामा गरेको निर्माण युनिट दोस्रो चरणको छायांकन सोमबारदेखि सुरु हुँदैछ । राजवल्लभ यसैका लागि नेपाल आएका हुन् । उनी छिट्टै फिल्म युनिट ज्वाइन गर्ने बताइन्छ । उनी ९ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् । 

निर्माणपक्षले राजवल्लभको भूमिकाका बारेमा केही पनि खुलाएको छैन । तर, फिल्ममा उनी अभिनेत्री आना शर्माको पिताको भूमिकामा देखिने चर्चा छ ।

नेपाल आएपछि कोइरालाले फिल्मका कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीसँग भेट गरिसकेका छन् । आना र प्रदीपसँग भने राजवल्लभको पहिलो भेट हो । 

राजन भुसालको निर्देशनमा थमन कुमार भण्डारीको लगानी रहने फिल्मको प्रदर्शन मिति तिहारलाई तोकिएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भइरहेको यो फिल्ममा एनिस भुसाल सह–निर्माताको रूपमा छन् । 

फिल्म ‘पर्खी बसेँ’बाट अभिनयमा डेब्यू गरेका उनी ‘हाइवे टू धम्पुस’मा काम गर्न अमेरिका पुगेपछि उतै हराएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech