फिल्मी फण्डा । फिल्म ‘बेहुली फ्रम मेघौली’को फस्टलुक सार्वजनिक गरिएको छ । यो फिल्मको फस्टलुकमा नायिका स्वस्तिमा खड्कालाई मात्र स्थान दिइएको छ । ट्याक्टर माथि चढेर औँला ठड्याउँदै स्वस्तिमा कसै माथि जाई लागिरहेको देख्न सकिन्छ ।
स्वस्तिमा खड्का र निश्चल बस्नेत निर्माता रहेको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । शंकर पाण्डे र फिरोज खड्का कार्यकारी निर्माता रहेको यो फिल्ममा स्वस्तिमा र निश्चलकै मुख्य भूमिका छ । यो फिल्म यो बर्षको दशैंमा फिल्म रिलिजमा आउने तयारीमा छ ।