असोज ३ गते ३ वटा नेपाली फिल्मको महाभिडन्त, कस्ले मार्ला त बाजी ? 

फिल्मी फण्डा । असोज ३ गते अर्थात संविधान दिवसको दिन नेपाली तीन वटा फिल्म भिडने पक्का भएको छ । नीता ढुंगाना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति एक साता अगाडि सारिए सँगै तीन वटा फिल्म भिडने पक्का भएको हो । फिल्म ‘ह्रस्व दीर्घ’को यसअघि असोजको ११ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, अब यो फिल्म असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिज हुने भएको छ । 

 यो मितिमा फिल्म ‘खुस्मा र आउट लः दफा २१९’ले प्रदर्शन मिति तोकिसकेका छन् । अब, नीताले पनि आफ्नो फिल्म बिदाको दिन पारेर रिलिज गर्न लागेपछि तीन वटा फिल्मबीच रोचक भिडन्त हुने देखिएको हो। 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech