दोस्रो प्रि–वेडिङमा अम्बानी परिवारले ७५ अर्ब खर्च गर्ने, केटी पेरीले गित गाउने

फिल्मी फण्डा। भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कान्छा छोरा अनन्त अम्बानीको यति बेला दोस्रो प्रि–वेडिङ कार्यक्रम इटलीबाट फ्रान्ससम्मको क्रुज यात्रामा चलिरहेको छ । क्रुज यात्रामा भइरहेको यो भव्य समारोहमा केटी पेरीले पनि गीत गाउने भएकी छिन् । शुक्रबार साँझ पाँच घण्टासम्म मस्केरेड बल पार्टी हुँदै छ । यो पार्टीमा प्रस्तुति दिन केटी फ्रान्सको कान्स जान लागेको बताइएको छ । यसका लागि केटीलाई लाखौँ डलरको चेक दिइएको बताइएको छ । तर उनले ठ्याक्कै कति रकम लिइन् भन्ने खुलासा भएको छैन ।  

गुजरातको जामनगरमा भएको पहिलो प्रि–वेडिङमा  हलिउड गायिका रिहान्नाले प्रस्तुति दिएकी थिइन् । सो प्रस्तुतिका लागि अम्बानीले रिहान्नालाई ७४ करोड भारु दिएको बताइएको थियो । दोस्रो प्रि–वेडिङमा अम्बानी परिवारले ७५ अर्ब रुपियाँ खर्च गर्न लागेको बताइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech