जितु नेपाल र नीति शाहको फिल्म 'ज्वाँईसाब'को चित्लाङबाट सुरु भयो छायाँकन 

फिल्मी फण्डा । अभिनेता जितु नेपाल र नायिका नीति शाहको फिल्म ज्वाँई साबको छायाँकन सुरु भएको छ । चित्लाङको भैरवमन्दिरमा पुजा गरेर फिल्मको छायाँकन सुरु भएको हो । 

फिल्ममा मुख्य कलाकारहरु जितु नेपाल, नीति शाह, हिमेश पन्त, बुद्धि तामाङ लगायत छन् । फिल्ममा रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको छ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको फिल्ममा शङ्कर धितालको पटकथा तथा संवाद छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech