फिल्मी फण्डा । प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’को छायांकन विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरबाट सुरु भएको छ ।
शुभसाइतको कारण एक्सनकट् अर्थात संक्षिप्त छायांकन गरिएपनि फिल्मको औपचारिक सुटिङ भने शुक्रबारदेखि सुरु हुनेछ । निर्देशक दीपाश्री निरौलाका अनुसार ४५ दिनसम्म काठमाडौं र पोखरा आसपासमा छायांकन हुनेछ ।
फिल्मका अन्य कलाकारबारे सार्वजनिक गरिएको छैन । काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा समेत छन् ।