फिल्मी फण्डा। फिल्म ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको छ । फस्टलुकमा अभिनेता सुशिल श्रेष्ठला देखाईएको छ ।
स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्मको पोस्टरमा उनी मेसिन गन बोकेर बदला लिन तयार छन् । अमित अग्रहरिले निर्माण गरेको फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।
यो फिल्म असोज ३ गतेदेखि विश्वब्यापी प्रदर्शन हुने जनाइएको छ । विक्की महर्जनको पटकथा तथा निर्देशन छ । फिल्ममा सुशिलका साथमा नरेश पौड्याल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।