दिपकदिपाको ‘छक्कापञ्जा ५’असोज २४ गते फूलपातिको दिन रिलिज हुने,नायिकामा वर्षा 

फिल्मी फण्डा। ‘छक्कापञ्जा ५’को निर्माताले बिहीवार टीजर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका छन् । जसअनुसार यो फिल्म दशैं छेकोमा असोज २४ गते फूलपातिमा रिलिज हुनेछ । 

शीर्ष अभिनेत्रीमा वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । दीपकराज गिरी र केदार घिमिरे माग्ने बुढा पनि फिल्ममा छन् ।

पोस्टर हेर्दा दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ । राजा पात्रको भूमिकामा रहेका दीपकले वर्षालाई विहे गरेको देखिन्छ । माग्ने बुढा छेउमा उभिएका छन् ।

अन्य कलाकारबारे खुलाइएको छैन । फिल्मलाई दीपाश्रीले निर्देशन गर्ने छिन । काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । फिल्मको  छायांकन आजदेखि सुरु हुँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech