चलचित्र ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा ।   नेपाली, अङ्ग्रेजी, तामिल र हिन्दी भाषामा निर्माण भएको चलचित्र ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा मदन थापाको लेखन तथा निर्देशन रहेको छ ।

दुई मिनेट ३४ सेकेन्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जङ्गलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रले बेहोरेको समस्यालाई देखाइएको छ ।

एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ । यसबाहेक ट्रेलरमा जङ्गलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृश्य देखाइएको छ ।

चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्दल,गणेश उपाध्यायलगायतको अभिनय रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech