गायिका अन्जु पन्तकी छोरी पारितोषिकाले फिल्ममा डेब्यु गर्दै 

फिल्मी फण्डा । गायिका अन्जु पन्तकी  छोरी पारितोषिकाले फिल्ममा डेब्यु गर्ने भएकी छिन । गायिका अन्जु पन्तले छोरी पारितोषिकाले फिल्मी करिअर थाल्न लागेको खुलासा गरेकी हुन् । 

यसका लागि छोरीले अभिनय सिक्न मण्डला थिएटर ज्वाइन गरेको उनले बताइन् । ‘पारितोषिका बुझ्झकी बच्चा हो । यसअघि म्युजिक भिडियोमा काम गरिन् । फिल्म खेल्छु भनेर मण्डला थिएटरमा अहिले एक्टिङ सिक्दैछ । धेरै मेहनत गर्छ । बिहान ५ बजेदेखि नै रेडी हुन्छ । दिनभरिजसो प्राक्टिसमा व्यस्त हुन्छ,’ उनले भनिन् । 

उनले पारितोषिकाले कुन फिल्मबाट डेब्यु गर्न लागेकी हुन् भन्नेबारे भने खुलाइनन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech