‘जन्ते बाख्रो’को लिड रोलमा सौगात मल्ल

फिल्मी फण्डा । सिमोस सुनुवारले निर्देशन गर्ने फिल्म ‘जन्ते बाख्रो’ निर्माताले मंगलबार फिल्म निर्माणको घोषणा गरेका छन् । यो फिल्मको शीर्ष भूमिकामा सौगात मल्लले अभिनय गर्ने जनाइएको छ ।

‘झ्यानाकुटी’ र ‘हात्तीछाप’पछि सौगात र सिमोसको यो तेस्रो निर्देशकीय प्रोजेक्ट हो । भदौदेखि छायांकन सुरु हुने फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्माणमा निर्देशक समेत रहेका सुनुवार र सन्तोष गौतमले सहकार्य गर्ने भएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech