प्रकाश सपुत जोडिएको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा अञ्जना बराइली अनुबन्धित

फिल्मी फण्डा ।  वितरण कम्पनी सेभेन सिजनका लागि प्याट्रिक सुवेदी र विनोद पौडेलले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा अञ्जना अनुबन्धित भएकी छन् । यसअघि यो फिल्ममा भोलाराज सापकोटा, प्रकाश सपुत, विनोद न्यौपाने, मुकुन भुसाल फाइनल भइसकेका छन् ।

शीर्ष भूमिकामा विजय बराल तय भएपनि उनको कास्टिङबारे औपचारिक घोषणा भइसकेको छैन । सरोज पौडेलले निर्देशन रहने यो सोसल–ड्रामा फिल्मले बाबुछोराको सम्बन्ध र त्यसको आयामलाई प्रस्तुत गर्ने बताइएको छ । 

रमेश चौलागाईं र हरि श्रेष्ठ फिल्मका कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहन फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ । यो फिल्मको जेठ २१ गतेदेखि छायांकन हुने तयारी भईरहेको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech