फिल्मी फण्डा । बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘सिकंदर’मा दक्षिण भारतका चर्चित अभिनेता सत्यराज अथार्त कटप्पाको इन्ट्री भएको छ ।
एआर मुरुगादासको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी खलनायकको भूमिकामा देखिने चर्चा छ । सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निभाएका थिए ।उनको अपोजिटमा रश्मिका मन्डनालाई काष्ट गरिएको छ । यस महिनाको सुरुमा, निर्माताहरूले फिल्मसँग सम्बन्धित नयाँ घोषणा गरेका थिए ।
फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले बताएको थियो । यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । फिल्म आगामी वर्षको इदमा रिलिज हुने बताइएको छ ।