बाबुल र देवीका वन्दनाको स्वरमा ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक(भिडियो)

फिल्मी फण्डा। गायक बाबुल गिरी र गायिका देविका वन्दनाको स्वर रहेको गीत ‘मन पगालो तम्रै मायाले’ सार्वजनिक भएको छ । काठमाडौँमा एक विशेष समारोहबिच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

 गीतमा गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको सङ्गीत एवं सङ्गीत संयोजन रहेको छ । कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा दीपाश्री निरौला, यमन श्रेष्ठ, मेक्सम गौडेल र सुमन कार्कीको अभिनय छ । 

दुर्गा पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको भिडियो देवीको वन्दना युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech