नेपाली चलचित्र क्षेत्रको नाम कलिउड हटाएर ‘सिनेमाण्डु’ राखिने

फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने भएको छ । चलचित्र विकास बोर्डमा सोमबार बसेको चलचित्र सम्बद्ध संस्थाले सर्वसम्मत रुपमा उद्योगको नाम ‘सिनेमाण्डु’ राखेको हो।

त्यस्तै  ‘असोज १५ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय भएको छ । छलफलमा ‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र बोर्डको बैठक छिट्टै डाकेर त्यसलाई अनुमोदन गर्ने तयारीमा बोर्ड जुटेको छ ।

नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बैठकमा चलचित्र निर्माता संघ, चलचित्र संघ, आदिवासी चलचित्र संघ लगायत थुप्रै संघसंस्थाको प्रतिनिधिको सहभागिता रहेको थियो ।

नाम अव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिक रूपमै नेपाली फिल्म क्षेत्रको नाम ‘सिनेमाण्डु’ हुनेछ । यसअघि चलचित्र क्षेत्रलाई कलिउड भनिँदै आएको छ । मन्त्रिपरिषद्बाट पास भएपछि भने ‘सिनेमाण्डु’ भन्नु पर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech