फिल्मी फण्डा। आदिवासी जनजाती चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाती चलचित्र महोत्सव–२०८१’ हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा यही जेठ २३, २४ र २५ गते तीन दिने चलचित्र महोत्सव हुने भएको हो ।
महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो । आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
आदिवासी जनजाती चलत्रि महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोकप्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवद्र्धनका साथै पर्यटन बिकासमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवको यस चौथो संस्करणमा फिचर, शर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिने छ । साथै, अन्य चारसहित एक अन्तर्राष्ट्रिय फिल्म पनि प्रदर्शन गरिने छ ।
महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगत २० हजार, उत्कृष्ट वृतचित्रलाई १० हजार, उत्कृष्ट सर्टफिल्मलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक चोईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
साथै, महोत्सवमा आदिवासी जनजाती चलचित्र निर्माणमा योगदान गर्ने व्यक्तिलाई सम्मान प्रदान गरिने अध्यक्षले राईले बताए । ‘यस वर्ष आदिवासी जनजाती चलचित्र सम्मान पनि प्रदान गर्दैछौँ’ अध्यक्ष राईले भने, ‘साथै आदिवासी चलचित्र पत्रकारिताको पनि घोषणा गर्दैछौँ । जुन पुरस्कार अर्को वर्षदेखि प्रदान गरिनेछ ।’
यस चलचित्र महोत्सवमा आदिवासी मौलिक खानाको स्टल, मौलिक आदिवासी भेषभुषा, आदिवासी फोटो प्रदर्शन, मौलिक आदिवासी ¥याम्प वाक, मौलिक विभिन्न जातिको झाँकीका साथमा सांस्कतिक कार्यक्रमसमेत हुनेछ । साथै, नर्भिक अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा जेनरल स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत सञ्चालन गरिने छ ।
चौथो आदिवासी चलचित्र महोत्सवमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य वैंक, नेपाल टेलिकम, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, माडवाडी सेवा समितिको सहकार्य रहने छ ।