२७ वर्षपछि काजोल र प्रभुदेवा एक साथ काम गर्दै

फिल्मी फण्डा। तेलुगु फिल्म निर्माता चरण तेज उप्पलति एक हाई बजेट एक्सन थ्रिलरको काममा व्यस्त छन् । फिल्ममा काजोल, प्रभुदेवा, नसीरुद्दीन शाह, संयुक्ता मेनन, जीशु सेन गुप्ता र आदित्य सीलको अभिनय रहनेछ ।
 
काजोल र प्रभुदेवा २७ वर्षपछि उप्पलतिको फिल्ममा पुनर्मिलन गर्दैछन् । काजोल र प्रभुदेवाले २७ वर्षअघि अर्थात् सन् १९९७ मा राजीव मेननको तमिल भाषी फिल्म ‘मिनसारा कानाभु’मा सहकार्य गरेका थिए । यसको हिन्दी भर्सन फिल्म ‘सपने’ हो ।

फिल्मको पहिलो सेड्युल पुरा भएको छ । निर्माताहरू चाँडै नै टिजर सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् । यो महत्त्वाकाङ्क्षी फिल्ममा उच्च प्राविधिक टोली हुनेछ ।

जसमा फोटोग्राफी निर्देशकका रूपमा जीके विष्णु, संगीत निर्देशकमा हर्षवर्धन रामेश्वर र सम्पादकमा नवीन नूली छन् । फिल्मको पटकथा निरन्जन अयंगर र जेसिका खुरानाले लेखेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech