मोडल तथा नायिका गरिमा शर्माले किनिन बिवाईडी कार 

फिल्मी फण्डा । मोडल तथा नायिका गरिमा शर्माले नयाँ बिवाईडी कार किनेकी छिन । उनले दर्शकहरुकै माया र हौसलाले गर्दा कार किन्न सफल भएको बताएकी छिन । उनले सामाजिक सन्जाल फेसबुकमा एक पोष्ट गर्दै यस बारे जानकारी दिएकी हुन । साथै उनले बिवाईडी कार नै किन्नुको कारण पनि खुलाएकी छिन । उनले फेसबुकमा लेखेकी छिन– जुन सपना देखेर म्युजिक इन्ड्रस्टृमा प्रवेस गरे, यहाका अग्रजहरुले मलाइ पत्याएर विश्वास गर्दिनु भो सबैप्रति आभारि छु।।दर्शकहरुले दिनुभएको मायाप्रति नतमस्तक छु।हजुरहरुको प्रेरणा र हौसला अनि मेरो परिश्रमले गर्दा आज मेरो सहयातृको रुपमा एउटा सदस्य थप्न सफल भएकि छु। मेरो जिवनका हरेक आरोह अवरोहहरु हजुरहरुसङ्ग शेयर नगरि बस्न सक्दिन। अझै धेरै माया र आशिर्वादको अपेक्छ्या गर्दछु। मलाइ गर्व छ मेरो कर्मक्षेत्रप्रति अनि अगाध माया पनि।।

किन BYD नै ??

1. नेपालको सडक संरचनासङ्ग मिल्दोजुल्दो आकार भएको ।
2. आधुनिक प्रबिधि, सरल तथा आरामदायी यात्राको सुबिधा ।
3. नेपाली अर्थतन्त्र र मध्यम परिवारलाई पनि समेट्ने मुल्य ।
4. ब्याट्रीको वारेन्टी तथा टिकाउपना । (8 years motor warranty)
5. अन्तमा सम्पुर्ण वातावरणप्रती संबेदनसिल नागरिकको एकमात्र रोजाइ ।

काम, प्रयोग एउटै तर भिन्न बिशेषता भएको ब्राण्ड ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech