केजिएफ स्टार यशले रामायणमा रियल सुनको लुगा लगाउने

फिल्मी फण्डा । केजिएफ स्टार यशले फिल्म ‘रामायण’ मा लंकापति रावणको भूमिका खेल्न सुनको लुगा लगाउने खबर बाहिरिएको छ । रामायणमा यशका लागि सबै लुगा वास्तविक सुनबाट बनाइएको बताइएको छ । 

नितेश तिवारीको फिल्म ‘रामायण’को प्रतिक्षा भइरहेको छ । अहिले ‘रामायण’ को छायांकन चलिरहेको छ । रणवीर कपुरले श्रीरामको भूमिका निभाएका छन् भने केजीएफ स्टार यश लंकापतिले रावणको भूमिका निर्वाह गर्नेछन् । 

यद्यपी कलाकारहरुका बारेमा निर्माण पक्षले भने केही खुलाएको छैन । यो फिल्म भारतमा अहिलेसम्म बनेका  फिल्महरु मध्येको सबैभन्दा महँगो फिल्म हो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech