दयाहाङको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक(भिडियो)

फिल्मी फण्डा ।  फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर दयाहाङ राई (बाबु) र बिन्द्रे (प्रसन राई) को वरपर घुमेको छ । अभिनेत्री पशुपति राई फिल्ममा दयाहाङकी पत्नीको रोलमा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । नवीन सुब्बा निर्देशित फिल्म आमोद राईले निर्माण गरेका हुन् । रामबाबु गुरुङको बाँसुरी फिल्मस् र निर्देशक सुब्बाको मेन्छायम पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो ।

प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको समेत अभिनय रहेको फिल्मका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । फिल्मले अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा सहभागिता जनाएर अवार्ड जितिसकेको छ । फिल्म आगामी २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तय भएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech