फिल्मी फण्डा । निर्माता तथा निर्देशक निश्चल बस्नेतले फिल्म रिलिज नहुँदै ‘फर्की फर्की’को समीक्षा गरेका छन् । सोमबार बेलुका सामाजिक संजाल फेसबुकमा उनले फिल्मको संक्षिप्त प्रतिक्रिया दिएका हुन् ।
उनी लेख्छन्– फर्की फर्की हेरियो । मज्जा आयो फिल्म हेरेर । रमाइलो टाइम लुप । सुयोग गुरुङ, कडा छ निर्देशन । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ।’
अनमोल केसीसहित जसिता गुरुङको अभिनय रहेको यो फिल्मको अन्तर्राष्ट्रिय बुकिङ पनि खुलिसकेको छ । अष्ट्रेलिया, मध्यपूर्व र अमेरिकाको शो आउट भैसकेको जनाइएको छ ।
अनमोल केसी स्टारर फेन्टासी ड्रामा ‘फर्की फर्की’को देशब्यापी एड्भान्स टिकट बिक्री सुरु भएको छ । मुख्य मल्टिप्लेक्स चेनले सुयोग गुरुङ निर्देशित फिल्मलाई उत्साहजनक शो दिएका छन् ।
क्यूएफएक्स चेनमा कूल शो संख्या ६१ छ । आइएनआईमा १५ र वान सिनेमाजमा ९ शो तय छन् । काठमाडौं र मोफसल टेरिटोरीका हलले फिल्मको टिकट विक्री खुलाएका छन् ।