पवन कल्याणको बहुप्रतिक्षित फिल्म ओजीमा तब्बुलाई आउट गर्दै श्रीया रेड्डीको इन्ट्री

फिल्मी फण्डा । साउथ सुपरस्टार पवन कल्याणको बहुप्रतिक्षित फिल्म ‘ओजी’ ग्याङ्स्टर पृष्ठभूमिमा आधारित एक्सन ड्रामामा बन्ने भएको छ । यसको निर्देशन सुजितले गर्दैछन् । सुजितले आफू पनि पवन कल्याणको ठुलो फ्यान भएको खुलासा गरेका छन् । अब यो फिल्मबारे रोचक खुलासा भएको छ ।

फिल्ममा पवन कल्याणको अभिनेत्रीका रूपमा श्रीया रेड्डीलाई छानिएको छ । फिल्ममा काम गर्न अभिनेत्री निकै उत्साहित छन् ।

हालै एक अन्तर्वार्तामा उनले फिल्म र आफ्नो पात्रको बारेमा रोचक खुलासा गरेका छन् । यो भूमिकामा पहिला तब्बुलाई लिइएको थियो ।

तब्बुका लागि लेखिएको पात्रमा खेल्न पाउँदा आफू निकै खुसी रहेको श्रीया रेड्डीले बताएकी छिन् । फिल्ममा तब्बुले खेल्न नसक्नुको कारण अहिलेसम्म बाहिरिएको छैन । यसबारे अभिनेत्रीले कुनै प्रतिक्रिया दिएकी छैनन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech