फिल्मी फण्डा । फिल्म क्षेत्रको नामकरण गर्ने विषयमा बोर्डले एक समिति गठन गरेको थियो । उक्त समितिले बोर्डसमक्ष तीनवटा नाम प्रस्ताव गरिसकेको छ । जसअनुसार सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स नामाकरण गर्न प्रस्ताव गरिएको छ । यो प्रस्ताव चलचित्र विकास बोर्डको बैठकमा पेश भएको छ ।
यो प्रस्तावमाथि फिल्म क्षेत्रका संघसंस्थाको सहमति जुटाएर निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिने भएको छ ।
अध्यक्ष केसीसहित यो समितिमा बोर्डका सदस्यसचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, बोर्ड अधिकृत निर्मला चौलागाईं सदस्य थिए ।
उक्त समितिले अध्ययनपछि ती नाम टुंगो लगाइएको जनाइएको छ । साथै, समितिले राष्ट्रिय चलचित्र दिवस मनाउनेबारे पनि छलफल गरेको जनाएको छ । साथै, उक्त समितिले पहिलो नेपाली फिल्म ‘आमा’ रिलिज भएको दिन असोज १५ गते चलचित्र दिवस मनाउन समेत सिफारिस गरेको छ ।