अभिनेत्री रश्मिका मन्दनाको भिडियो शेयर गरे प्रधानमन्त्री नरेन्द्र मोदीले

फिल्मी फण्डा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डन्नाको पोस्टमा प्रतिक्रिया दिएका छन् । उनले रश्मिकाको भिडियो पोस्ट शेयर गरेका छन् ।

मान्छेहरूलाई एक अर्कासँग जोड्नु र जीवन सुधार्नु जस्तो सन्तुष्टि दिने चिज अरू केही छैन भन्दै मोदीले पोस्टमा भनेका छन् । रश्मिकाले हालै निर्माण सम्पन्न भएको मुम्बई ट्रान्स हार्बर लिङ्कमा भिडियो खिच्दै भिडियोको प्रशंसा गरेकी थिइन् ।

यो हार्बर लिङ्कलाई अटल बिहारी वाजपेयी सेवारी–न्हावा शेवा अटल सेतु नाम दिइएको छ । अटल पुलको तारिफ गर्दै रश्मिकाले एक ठाउँबाट अर्को ठाउँ जान २ घण्टा लाग्ने ठाउँमा अहिले २० मिनेटमा पुग्न सकिने बताएकी छन् ।

२२ किमी लामो यो पुल समुद्रमा बनेको सबैभन्दा लामो पुल भएको पनि रश्मिकाले भनेकी छिन् । रश्मिका यतिबेला आगामी फिल्म ‘पुष्पाः द रुल’ को कारण चर्चामा छिन् ।

उनको जन्मदिनमा फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको थियो । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्ममा उनी श्रीवल्लीको भूमिकामा देखिनेछिन् । रश्मिका छिट्टै सलमान खानसँग ‘सिकन्दर’ र विक्की कौशलसँग ‘छावा’ मा देखिँदै छिन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech