नेपालमा फिल्म छायांकनको लागि हलिउड र बलिउडका निर्मातालाई आकर्षित गर्न नीति लिइने

फिल्मी फण्डा । सरकारले हलिउड तथा बलिउड फिल्मका निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गर्ने नीति लिने भएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा चलचित्र पर्यटन प्रवर्धन गर्न हलिउड तथा बलिउड चलचित्र छायांकनका लागि निर्मातालाई आकर्षित गरिने बताएका हुन् ।

अघिल्लो सरकारले ल्याएको बजेटमा पनि यो कुरा उल्लेख थियो । चलचित्र विकास बोर्डले पनि यो कार्यक्रमको कार्यान्वयनको लागि नेपालको लोकेसन विदेशमा चिनाउने र फेस्टिभल आयोजना गर्दै आइरहेको थियो ।

तर, नेपालमा विदेशी फिल्म छायांकनको ब्यस्थापन गर्ने मेकर चाहिँ यदि नेपाललाई छायांकन गन्तव्य थलोको रुपमा विकास गर्ने हो भने अनुदान र सहुलियत ल्याउनुपर्ने बताउँछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech