आर्यन,प्रदीप,अञ्जना र परीक्षा अभिनित ‘पुजार सार्की’को ‘जाऊँ माया’ सार्वजनिक(भिडियो)

फिल्मी फण्डा । फिल्म ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ । गीतको भिडियोमा पुजारको रोलमा देखिएका आर्यन सिग्देल र उनकी प्रेमिकाको रुपमा रहेकी अञ्जना बराइलीको सम्बन्ध र मैतबहादुरको भूमिकामा रहेका प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई देखाईएको छ ।

गीतमा बी पाण्डेले शब्द रचना गरेका छन् भने केतन क्षेत्रीको स्वर छ । गीतलाई सुवास भुसालको सङ्गीतले मर्मस्पर्शी तुल्याएको छ । यो फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुरालको पनि अभिनय छ ।

दिनेश राउत निर्देशित यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech