फिल्मी फण्डा । ‘सामाजिक सञ्जाल स्टार’ को रुपमा परिचित ओरी हालै ‘कफी विथ करण’को शोमा पुगेर दर्शकलाई मनोरञ्जन दिए । यद्यपि, उनले आफ्नो काम के हो भन्नेबारे मौनता राखे ।
वास्तविक नाम ओरहान अवत्रामणि रहेका ओरीले एक्टर्स र फिल्ममेकरसँग ह्याङआउट गर्दा आफू पेशाको हिस्सा बन्न नचाहेको पनि बताएका छन् । कलाकार मात्र होइन, फिल्म निर्माता र निर्देशकमाझ पनि उनी उत्तिकै प्रिय छन् ।
उनले आफ्नो पारिश्रमिक कसरी कमाउँछन् भन्ने कुरा गरे । आफ्नो पोस्ट र पोज दुवै निकै महँगो भएको पनि उनले बताए । ‘के म सस्तो देखिन्छु ? यदि तपाईंले मसँग फोटो खिच्न आग्रह गर्नुभयो भने २५ लाख रुपैयाँ लिन्छु । यदि म आफैंलाई प्रस्ताव गर्छु भने म चार्ज गर्दिनँ । यदि कसैले औपचारिक रूपमा ओरीलाई टच गर्न (छुन खोज्न)को लागि सोध्यो भने म २० लाख रुपैयाँ लिन्छु,’ उनले भने ।
ओरीले आफ्नो जीवन र पेशागत प्रतिबद्धताको ख्याल गर्ने करिब एक दर्जन प्रबन्धक रहेको बताए । विगतमा पनि ओरीले प्रायः कार्यक्रममा भाग लिनका लागि अत्याधिक रकम लिने बताएका थिए ।