जेठ ३ देखि कौसी थिएटरमा ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने

फिल्मी फण्डा । टेकुस्थित कौसी थिएटरमा आगामी जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ। 


जेठ २६ गतेसम्म मञ्चन हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।
राजकमल फकिरको निर्देशन तथा डिजाइन नाटक तयार भएको हो।


 नेपालीकरण गरिएको यो नाटकले अग्रवाल इन्भेष्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस नाटकले प्रस्तुत गर्नेछ।
रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय छ।
फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहने छ। 
नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका ५:३० बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech