सलमान खानले बिहे गर्दैनन्, युवतीहरूलाई बेवकुफ मात्र बनाउँछन्

फिल्मी फण्डा । दिग्गज अभिनेता मिथुन चक्रवर्तीले सलमान खानले कहिल्यै बिहे नगर्ने बताएका छन् । उनका अनुसार सलमान निकै चकचके स्वभावका छन् । उनले युवतीहरूलाई बेवकुफ मात्रै बनाउँछन् । यता केटीहरू भने उनको व्यक्तित्वबाट मोहित हुन्छन् र विवाहको सपना देख्न थाल्छन् ।

सलमानले उनलाई धेरै माया गर्ने मिथुनको भनाई छ । सुटिङको क्रममा सलमानले उनलाई राति पनि एक्लै छोड्दैनन्, रमाइलो र ठट्टा गरिरहन्छन् । 

टिभी रियालिटी शो सारेगामापाका प्रस्तोता आदित्य नारायणले मिथुनलाई ज्याकी श्रौफ, सलमान खान, सञ्जय दत्त र अक्षय कुमारमध्ये कसले तपाईंलाई सबैभन्दा बढी कसले समस्यामा पारेको छ भनेर सोध्दा मिथुनले ‘सलमान खान’ भन्ने जवाफ दिए ।  उनले भने, ‘सबैभन्दा धेरै दुख पनि सलमानले नै मलाई दियो ।’

मिथुनले भने, ‘ ऊभित्र आएपछि के भयो त्यो चाहिँ म भन्न सक्दिनँ । तर जब मैले आँखा खोलेँ, उनी मेरो अगाडि उभिएर हाँसिरहेका थिए । मैले उसलाई भनेँ तिमी कस्तो मान्छे  उनी धेरै–धेरै चकचके छन्।’

सलमानको बिहेबारे उनले भने, ‘सलमानले कहिल्यै बिहे गर्दैनन् तर सबैलाई खुराक दिन्छन् ९उनी केटीहरूलाई बेवकुफ बनाउँछन्०। केटीहरू सोच्छन् कि यस्तो सुन्दर सुपरस्टार छ, उसले उनीहरूसँग विवाह गर्नेछ। तर त्यो भाइले त्यसो गर्दैन, म ग्यारेन्टी दिन्छु, उसले बिहे गर्दैन।

सलमान अन्तिम पटक कट्रिना कैफसँग फिल्म टाइगर ३ मा देखिएका थिए । उनी अब आगामी वर्ष रिलिज हुन लागेको फिल्म सिकन्दरमा देखिनेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech